Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढ्यो, तर हामी गर्दैनौं : पुटिन

    युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढ्यो, तर हामी गर्दैनौं : पुटिन

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा परमाणु युद्धको खतरा बढेको बताएका छन् ।

    युक्रेनमाथि आक्रमण सुरु गरेको झण्डै एक वर्ष पुग्न लाग्दा राष्ट्रपति पुटिनले विश्व परमाणु आक्रमणतर्फ उन्मुख भएको जिकिर गरेका हुन् ।



    तर आफूले भने पहिले आणविक अस्त्र प्रयोग नगर्ने र आणविक अस्त्रको धम्की पनि कसैलाई नदिने उनले बताए । रुसको मानवअधिकार परिषदको वार्षिक बैठकमा बोल्दै पुटिनले युक्रेन युद्ध लामो जान सक्ने संकेत गरे ।



    आणविक हतियार के हो भन्नेमा सचेत रहेको उनको तर्क छ । उनले कुनै रेजरको ब्राण्डिङ गर्न विश्व घुम्ने पक्षमा समेत नरहेको बताए । रुससँग विश्वमै सबै भन्दा आधुनिक आणविक हतियार रहेको पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार