Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी तेलको मूल्यमा 'क्याप' लागेपछि तत्काल कच्चा तेलको उत्पादन नबढ्ने

एजेन्सी । युरोपियन युनियन, जी सेभेन र अस्ट्रेलियाले रुसको समुद्री कच्चा तेलको निश्चित मूल्य तोकेपछि ओपेक प्लसले तत्काल उत्पादन नबढाउने भएको छ ।

नोभेम्बर महिनामा दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गरेको ओपेक प्लसले आउँदो महिनादेखि उत्पादन बढाउने अपेक्षा गरिएकोमा तत्काल कटौतीलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

ओपेक प्लस रुससहित कच्चा तेल निर्यात गर्ने २३ वटा देशको समूह हो । ओपेक प्लसले यसअघि कच्चा तेलको मूल्य बढाउन चाहेको थियो ।

तर युरोपियन युनियन, जी सेभेनमा आबद्ध देश र अस्ट्रेलियाले रुसको समुद्री कच्चा तेलको मूल्य ६० अमेरिकी डलरभन्दा धेरै नहुने गरि क्याप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077