Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसका दुई सैन्य एयरफिल्डमा विस्फोट, ३ जनाको मृत्यु

एजेन्सी । रुसका दुई सैन्य एयरफिल्डमा विस्फोट भएको छ ।

मस्कोको दक्षिण पूर्वमा रहेको रियाजान सहर नजिकैको एयरफिल्डमा इन्धन ट्याङ्कर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

साराटोभ क्षेत्रमा भएको विस्फोटमा अन्य दुई जना घाइते भएको बताइएको छ । अहिलेसम्म यी विस्फोटको कारण खुल्न सकेको छैन ।

दुवै क्षेत्र युक्रेनको सिमानाबाट सयौँ किलोमिटर टाढा छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यी दुवै घटनाबारे जानकारी गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077