Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बन्द रहने

काठमाडौं । निर्वाचनलाई लक्षित गर्दै सरकारले आज (शुक्रबार) देखि शैक्षिक संस्थाहरुलाई बन्द गरेकाे छ ।

शुक्रबारदेखि मंसिर ५ गते सोमबारसम्म शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । अब मंगलबारदेखि मात्रै देशभरका शैक्षिक संस्थाहरु खुल्ने छन् ।

गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भने मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिइएको छ ।

देशका अधिकांश ठाउँमा विद्यालयमा मतदान केन्द्र राखिएको हुनाले शैक्षिक संस्था आजैदेखि बन्द गर्नु परेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077