Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनलाई लक्षित गर्दै सरकारले दियो सार्वजनिक विदा

काठमाडौं । मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ ।

मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मतदानस्थल रहेका शिक्षण संस्था र सरकारी कार्यालयहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुने छन् ।

निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो ।

गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।

त्रिभुवन विश्वविद्यालयले भने १ देखि ५ मंसिरसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।

यस्तो गृह मन्त्रालयको पत्र : 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077