Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसले युक्रेनको खर्सोनबाट बोलायो आफ्नो सेना फिर्ता

एजेन्सी । रुसले युक्रेनको खर्सोन शहरमा रहेका आफ्ना सेनालाई फिर्ता बोलाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेना फिर्ताको आदेश दिएका हुन् ।

त्यहाँबाट निकालिएको सेनालाई खेरसोनकै निप्पेर नदीको पूर्वी तटीय क्षेत्रमा परिचालन गरिने रुसी सेनाका जनरल सर्गेई सुरोभिकिनले बताएका छन् ।

उनले खेरसोनमा अत्यावश्यक वस्तुको आपूर्ति असहज भएको भन्दै त्यहाँबाट सेना फिर्ता बोलाइएको बताएका हुन्।

खेरसोन रुसले कब्जा गरेको एक मात्र युक्रेनी क्षेत्रीय राजधानी हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077