Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापा भन्छन् - हेटौंडालाई प्रदेश राजधानी बनाउन निर्णायक भूमिका खेलें

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हेटौंडालाई बागमती प्रदेशको राजनीति बनाउन निर्णायक भूमिका खेलेको दाबी गरेका छन् ।

एमालेको समर्थनमा मकवानपुर १ बाट चुनावी मैदानमा होमिएका नेता थापाले हेटौंडाको विकास निर्माणमा आफूले महत्वपूर्ण काम गरेको बताएका हुन् ।

उनले फेसबुकमा राखेका एक भिडियोमार्फत् भनेका छन्, ‘शिक्षा, स्वास्थ्य, यातायात र रोजगारी सिर्जनाको सिर्जना गर्ने काम गरेको छु। गाउँ–गाउँमा बिजुली बत्ती पुर्‍याउनदेखि खानेपानीको व्यवस्था गर्न धेरै महत्वपूर्ण काम गरेको छु ।’

धरान चतरा हुँदै हेटौंडा हुने राजमार्ग निर्माण, हेटौंडामा रिङरोड निर्माण, हेटौंडामा औद्योगिक क्षेत्रको निर्माण, अस्पतालको स्तरोन्नतिलगायतका कामहरू पनि गरेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077