Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले शीर्षनेता को कति सुरक्षित ?

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्वसन्ध्यामा एमाले शीर्षनेता चुनावी मैदानमा उत्रिसकेका छन् ।

पाँच दलीय गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका एमालेका शीर्षनेता ‘को कति सुरक्षित छन् ?’ भन्ने विषयमा जोड–घटाउसमेत सुरु भएको छ ।

४ मंसिर निर्वाचन केन्द्रित गरेर एमालेले जनपरिचालन थालिसकेको छ । १ सय ६५ क्षेत्रमध्ये हाल एमालेसँग १ सय ४० सिटको उम्मेदवारी छ । बाँकी सिटमा एमालेले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राप्रपा र बागी उम्मेदवारसँग तालमेल गरेको छ ।

निर्वाचनमा तालमेल गर्दा हाल एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र ५ बाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट २०७४ सालमा ५७ हजार मत ल्याएर ओलीले चुनाव जितेका थिए ।

यसपटक भने अध्यक्ष ओलीले राप्रपाको साथ पाउने निश्चित छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले ओलीको निर्वाचन क्षेत्रबाट ४१ हजार ६ सय १९ मत प्राप्त गरेको थियो । सो मत वडाध्यक्षले पाएको मतभार हो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077