Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी भूभाग आफ्नो देशमा गाभिएको पुटिनको घोषणा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कब्जामा रहेका युक्रेनका चार भूभाग आफ्नो मुलुकमा गाभिएको घोषणा गरेका छन् ।

राजधानी मस्कोस्थित क्रेमलिन हलमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनी भूभागहरु लुहान्स्क, डोनेत्स्क, जापोरोज्जिया र खेर्सन क्षेत्रलाई आफ्नो मुलुकमा गाभेको घोषणा गरेका हुन् ।

यसअघि रुसले ती भूभागलाई आफ्नो मुलुकमा गाभिने विषयमा जनमत सङ्ग्रहको आयोजना गरेको थियो । सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले रुसी अधिनमा आएका भूभागमा रहेका गाउँ र सहरको पुननिर्माण गरिने बताए ।

यसबाहेक त्यहाँका जनतालाई सुरक्षित जीवन प्रदान गर्न समेत रुस तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077