Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पितृ खुसी नभएको भन्दै वृद्धाको हत्या, २२ जना पक्राउ

रामेछाप । रामेछापमा माझी समुदायका पितृ खुसी नभएको भन्दै एक वृद्धाको कुटपिट गरी हत्या गरिएको छ ।

जिल्लाको खाँडादेवी गाउँपालिका-३, भिरापानी, सित्खामा अन्दाजी ५५ वर्षीया बिबी माझीको हत्या गरिएको हो । भने उनकी आमा ७० वर्षीया सुनमाया माझी घाइते छिन् ।

घाइतेको उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । मृतक र घाइते आमा छोरी हुन् । घटनामा संलग्न भएको आशंकामा ७ महिलासहित २२ जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

पक्राउ परेकाले पितृले मारेको भन्ने प्रहरीसमक्ष बयान दिएका छन् । सांस्कृतिक नाममा भएको घटनाबारे थप अनुसन्धान गर्न प्रहरी सोमबार घटनास्थल गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077