Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता, सी युक्रेन युद्धप्रति चिन्तित

    चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता, सी युक्रेन युद्धप्रति चिन्तित

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । युक्रेन युद्ध सुरु भएयता चिनियाँ समकक्षी सी जिनपिङसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो भेटवार्ता गरेका छन् ।

    उज्वेकिस्तानको सामारकान्डमा आयोजित सांघाइ सहयोग संगठन (एससीओ) को शिखर बैठकमा भाग लिने क्रममा यी दुईनेताबीच भेटवार्ता भएको हो ।



    भेटमा चिनियाँ राष्ट्रपति सीले युक्रेन युद्धप्रति चिन्ता व्यक्त गरेको पुटिनले स्वीकारेका छन् । तर, उज्वेकिस्तानमा बोल्ने क्रममा पुटिनले चीनले यस विषयमा लिएको ‘सन्तुलित अडान’को प्रशंसा गर्नुका साथै संयुक्त राज्य अमेरिकाको एक ध्रुविय संसार खडा गर्ने प्रयास असफल रहने बताएका छन् ।



    त्यसैगरी सीले चीन रुससँग ‘महान शक्तिहरू’को स्वरूपमा काम गर्न चाहेको धारणा पनि व्यक्त गरेका छन् । चीनले रुसको युक्रेनमाथिको आक्रमणको समर्थन गरेको छैन । तर, युद्ध सुरु भएयता बेइजिङले मस्कोसँगको व्यापार र अन्य सम्बन्ध भने बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार