Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिनको चेतावनी - पश्चिमी प्रतिबन्ध विश्वका लागि खतरा

एजेन्सी । युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी देशहरूले लगाएका प्रतिबन्ध विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।

बुधवार रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

रुसी राष्ट्रपतिले सोमवार नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको बहाव पश्चिमा देशहरूले रुसमाथिको प्रतिबन्ध नहटाएसम्म पुनः सुरु नहुने बताएपछि यस्तो टिप्पणी सार्वजनिक भएको अल जजिराले उल्लेख गरेको छ ।

यसैबीच युरोपेली सङ्घका मन्त्रीहरू रुसको ग्यास नियन्त्रण र चिसो मौसममा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्दैछन् । यद्यपि यस किसिमको छलफललाई मस्कोले अर्थहीन भनेर टिप्पणी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077