Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहसचिव र उपसचिवको सरुवा : कारागार विभाग र अध्यागमन प्रमुख फेरिए

काठमाडौं । गृह मन्त्रालयले केही सहसचिव र उपसचिवको सरुवा गरेको छ । आइतबार गृहमन्त्री स्तरीय निर्णयबाट उनीहरुलाई सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिव चक्रपाणि पाण्डे कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा भएका छन् ।

यस्तै विभागको महानिर्देशक रहेका वासुदेव घिमिरेलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा सरुवा गरिएको छ ।

अध्यागमन प्रमुख रहेका पुष्पराज शाही वैदेशिक अध्ययनमा जान लागेकाले उनलाई त्यहाँबाट सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी तेह्रथुमका सिडिओ पनि फेरिएका छन् । जहाँ उपसचिव मोहनप्रसाद अर्याललाई नयाँ सिडिओको रुपमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077