चितवन । निरन्तर वर्षात्सँगै ठाउँ-ठाउँमा खसेको पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ३ बजेसम्म खुलाउने गरी काम भइरहेको छ ।
सो सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ–ठाउँमा साना पहिरा खसेका छन् ।
भरतपुर डिभिजन सडक कार्यालयका इञ्जीनियर सागर कार्कीका अनुसार मौरीपुलबाहेकका पहिरो पन्छाइसकिएको छ । मौरीपुलमा दुई लोडर, दुई व्याकलोडर र एउटा एक्साभेटरले काम गरिरहेको छ । सो ठाउँमा ६० मिटर सडक पहिराले ढाकिएकामा आठ मिटर चौडा र पाँच मिटर अग्लो पहिरो पन्छाउने काम भइरहेको छ । अ
बिहान ५ः५० बजेदेखि सडक अवरुद्ध भएका कारण धेरै सवारीसाधन जाममा परेका छन् ।