Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • रुसले जापोरिजा परमाणु केन्द्र निरीक्षण गर्न दिने, फौज भने नहटाउने

    रुसले जापोरिजा परमाणु केन्द्र निरीक्षण गर्न दिने, फौज भने नहटाउने

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 873
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेनको जापोरिजा परमाणु केन्द्र निरीक्षणका लागि अनुमति दिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु केन्द्र निरीक्षण गर्न संयुक्त राष्ट्रसंघीय अधिकारीलाई अनुमति दिइने बताएका हुन् ।

    पुटिनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँगको कुराकानीपछि रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले परमाणु केन्द्र निरीक्षणका लागि अनुमति दिने जनाएको हो ।



    रुसले मार्च महिनाको सुरुदेखि परमाणु केन्द्र रहेको क्षेत्रमाथि नियन्त्रण कायम गरेको हो । केही दिनयता परमाणु केन्द्रनजिकै भीषण गोली हानाहान भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



    त्यस क्रममा रुसी फौजले गरेको बमबारीका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ । परमाणु केन्द्रमा भने युक्रेनी प्राविधिकले रुसीहरूको निर्देशनमा काम गरिरहेका छन् । निरीक्षणकर्तालाई प्रवेश अनुमति दिने बताए पनि त्यस क्षेत्रबाट फौज हटाउनुपर्ने माग भने रुसी अधिकारीले अस्वीकार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार