Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • चितवन २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने कृषि विज्ञ पौडेलको घोषणा

    चितवन २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने कृषि विज्ञ पौडेलको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 1.1K
    SHARES

    चितवन । कृषि विज्ञ कृष्णप्रसाद पौडेलले आउँदो प्रतिनिधिसभा चुनावमा चितवन २ बाट उम्मेदवारी दिने भएका छन् । खाना र खेतीपातीलाई विषादीरहित बनाउने अभियानमा लागेका पौडेलले भरतपुरमा शनिबार पत्रकार सम्मेलन गर्दै चितवन २ बाट उम्मेदवार बन्ने बताएका हुन् ।

    उने आफू आबद्ध पार्टीमा दाबी पेस गरिसकेको जानकारी दिए । उनी एमालेमा राजनीति गरेका व्यक्ति हुन् । तर पछिल्लो समय राजनैतिक गतिविधिमा भन्दा बढी विषादीरहित कृषि अभियानमा सक्रिय छन् ।



    पौडेलले भने ‘यो मुद्दा अब राजनैतिक प्रणालीभित्र आउनु पर्छ । किनकि विषादीको बढ्दो अनियन्त्रित प्रयोगले माटो र मान्छेको स्वास्थ्य घातक रूपमा बिग्रेको छ । यसलाई सुधार नै पर्ने भएको छ । यसका लागि राजनैतिकरूपमा हस्तक्षेप चाहिएको छ ।’



    सांसद बनेर नीति निर्माण तहमा यसबारे आवाज उठाउने आफ्नो उद्देश्य रहेको उनले बताए । पार्टीले अन्याय गरेको अवस्थामा विद्रोह गर्न सक्ने अधिकार आफूसँग रहेको पनि उनले बताए । तर त्यस बारेमा अहिल्यै आफूले केही नसोचेको पनि उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार