Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुरामलाई पनि सत्ता गठबन्धनमा सँगै लिएर हिँड्ने प्रधानमन्त्री देउवाको आश्वासन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि सत्ता गठबन्धनमा सँगै लिएर हिँड्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका बाबुरामलाई प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमै समेट्ने आश्वासन दिएका हुन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सत्ता गठबन्धनमा समेट्ने प्रतिबद्धता देउवाले जनाएको बताए । भेटका क्रममा बाबुरामले पाँच दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

यसअघि सत्ता गठबन्धनको सोमबार बसेको कार्यदल बैठकमा पनि बाबुरामलाई समेट्नुपर्ने विषयमा कुरा उठेको थियो । प्रतिगमनविरुद्धको आन्दोलनमा बाबुरामको भूमिकाको मूल्यांकन सहित उनलाई गठबन्धनमा समेटिनुपर्ने माओवादीको तर्फबाट धारणा आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077