Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीपले मोटरसाइकललाई ठक्कर दिँदा आशिषको मृत्यु

काठमाडौं । जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

ललितपुरको बालकुमारीमा काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जीपले सोही दिशातर्फ जाँदै गरेको बा ९७प ३१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा आशिष लामाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौंको दक्षिणकाली नगरपालिका-८ का ३१ वर्षीय आशिष लामाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा राति ११ बजे मृत्यु भएको हो।

जीपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077