Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाईसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से ६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि चालक धनगढी–३ विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन् । पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो । उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077