Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नुवाकोटमा खोलाले बगाउँदा वडा सदस्यको मृत्यु

नुवाकोट । खोलाले बगाउँदा वडा सदस्यको मृत्यु भएको छ ।

जिल्लाको बेलकोटगढी नगरपालिका-१२ की वडा सदस्य सुकुमाई तामाङको बेलकोट खोलाले बगाउँदा मृत्यु भएको हो ।

खेतमा काम गरेर फर्कने क्रममा खोलाले तामाङलाई बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिए थियो ।

तामाङ वैशाख ३० गते सम्पन्न पालिका चुनावमा नेकपा एमालेबाट महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077