पर्सा । राहदानी बनाउन जाँदा ‘छिटो मगाइदिने’ भनेर रकम ठगेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २६ वर्षीय सद्दाम हुसेन, २२ वर्षीय संजित गुप्ता, २४ वर्षका कुन्दन यादव, ३० वर्षीय प्रदिप शाह र ३८ वर्षका फैयाज आलम छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि बसेर उनीहरुले फारम भर्न र राहदानी मगाउन भनेर ५ हजारसम्म पैसा मागेको आरोप छ । हुसेनले पासपोर्ट बनाउन गएका धोवनी गाउँपालिकाका २१ वर्षीय सागिर आलमसँग फारम चार्ज २ सय र राहदानी मगाउन २ हजार ५ सय रकम लिएका थिए ।
६ दिनभित्र राहदानी मगाइदिन्छु भनेपछि आलम छैटौं दिनमा जाँदा सद्दामले फेरी २ हजार ५ सय मागेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
Leave a Reply