Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकिङ्ग कसुर मुद्दामा पाँच लाख जरिवाना तोकिएका खड्का पक्राउ

काठमाडौं । बैंकिङ्ग कसुर मुद्दामा ५ लाख जरिवाना ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका–१० घर भएर काठमाडौंको रामहिटी बस्ने २६ वर्षीया कृपा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उच्च अदालत पाटनले असार १० मा खड्कालाई ५ लाख जरिवाना, २ दिन कैद र २० हजार क्षतिपुर्ति हुने ठहर गरेको थियो ।

बैंकिङ्ग कसुर मुद्दामा जरिवाना र सजायको फैसलापछि खड्का फरार थिए । खड्कालाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेर प्रहरीले जिल्ला अदालत ललितपुरका उपस्थित गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077