Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनार्दन शर्माबारे छानबिन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । आज संसदीय छानबिन समितिको बैठक बस्दैछ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।

आजको बैठकबाट शर्मामाथिको रिपोर्टिङ लेख्न सुरु गरिने जनाइएको छ । बिहीबार समितिले पूर्वअर्थमन्त्री शर्मासँग पनि बयान लिएको थियो ।

यसअघि समितिलाई १० दिनका लागि दिएको समय भोलि शुक्रवार सकिएको छ । तोकिएको समय सीमाभित्र समितिले काम पूरा गर्न नसकेपछि अग्नि सापकोटाले सात दिनको समय थप गरेका छन् ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनेको हो । समिति बनेसँगै शर्माले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077