Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काँग्रेस सांसद शाहीको व्यंग्य - नियमावली पढाउन स्कुल पठाए पीएचडीको अपमान हुने भयो

काठमाडौं । नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले सभामुख अग्नि सापकोटाको आसन नै कब्जा हुने त हैन भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले जसले संविधान, संसदको नियमावली लेख्छ उसैले बिर्सेर राष्ट्रवादका कुरा गरेर रोस्टम कब्जा गर्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गरेकी हुन् ।

शाहीले भनिन्– ‘प्रतिनिधिसभा नियमावली नियम २३ मा सभामुखको आदेश सांसदले पालना गर्नुपर्नेछ भनेर उल्लेख गरिएको छ ।

माननीय ज्युले आफैंले बनाएको नियमावली पढाउन स्कूल पठाउने हो भने पीएचडी गरेको प्रमाणपत्रको अपमान हुने भयो सभामुख महोदय ।’

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि ७ मिनेट समय पाएका सांसद भीम रावलले झण्डै २० मिनेट संसदको रोष्टम कब्जा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077