Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय समितिमा बयान दिएपछि शर्माले भने – सोधेको प्रश्नको जवाफ दिएको छु

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफूले समितिका सदस्यहरुले सोधको प्रश्नको जवाफ दिएको बताएका छन् ।

आफूमाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा बयानका लागि पुगेका उनले सिंहदरबारबाट बाहिरिने क्रममा समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको बताएका हुन् ।

समितिमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सम्बन्धमा प्रश्नहरु गरेका थिए । संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ ।

शर्माले आफूमाथि लागेको आरोप निराधार रहेको बयान दिएको बताइएको छ। समितिले शर्मासँग झण्डै ३ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077