Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयले भन्यो - सार्वजनिक विदाको दिन सरकारी सवारी साधनको चाबी नखोस्नु

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ ।

सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई पास आवश्यक नपर्ने जनाएको छ।

मन्त्रालया सचिवस्तरको बुधबारको निर्णयानुसार अत्यावश्यक सरकारी सवारी साधनहरुलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालय, नक्साल र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077