Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छानबिन समितिमा शर्माको बयान - सीसीटीभी फुटेज कहिलेसम्मको रहन्छ मन्त्रीलाई जानकारी हुँदैन

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने कुरा मन्त्रीलाई जानकारी नहुने बयान दिएका छन् ।

शर्मा अहिले सिंहदरबारस्थित अर्थसमितिको हलमा बसेको समितिको बैठकमा उपस्थित भएर बयान दिइरहेका छन् । बजेट निर्माणका बेला बाहिरी व्यक्तिको प्रवेश भएर करका दर हेरफेर गरिएको समाचार सार्वजनिक भएपछि संसदले छानबिनका लागि समिति बनाएको थियो ।

समितिको बैठकमा उपस्थित शर्माले भित्रबाहिर गर्दा त्यहाँ सुरक्षाकर्मी रहने हुँदा बाहिरको मान्छेले सहजै प्रवेश नपाउने बताए ।

“बाहिरको मान्छे पस्ने सम्भावना नै छैन,” उनले भने, “सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन ।” तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077