Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वअर्थमन्त्री शर्मा, सोधपुछ सुरु

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष छानबिन समितिले सोधपुछ सुरु गरेको छ । बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समितिले आजबाट शर्मासँग शोधपुछ सुरु गरेको हो ।

पूर्वअर्थमन्त्री शर्मा आज बिहान ८ बजेका लागि बोलाइएको समिति बैठकमा केही समय ढिलो गरी पुगेका थिए । बैठक सिंहदरबारस्थित अर्थसमितिको हलमा सुरु भएको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले आज उनीसँग छलफल सुरु गरेको हो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । आज समिति गठन गरिएको १० दिन पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077