काठमाडौं । प्रतिनिधिसभाको विशेष छानविन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार बयान लिने भएको छ ।
बुधबार पूर्वअर्थसचिवहरु र समाचार प्रकाशन गर्ने पत्रकारसँग जानकारी लिएको समितिले बिहीबार करको दर हेरफेर तथा बजेट निर्माणमा अनियमितताको अभियोगमा छानविनमा तानिएका निवर्तमान मन्त्री शर्मासँग बयान लिने भएको हो ।
समितिका सचिव सुरेन्द्र अर्यालले भोलि ८ बजे शर्मालाई आमन्त्रण गरिएको बताए । यसअघि बुधबारकै बैठकमा शर्मालाई बोलाएर सोधपुछ गरिने बताइएको थियो ।
त्यस्तै, बिहीबार समिति गठन गरिएको १० दिन पूरा हुने भएकाले सात दिन म्याद थप गर्ने बिषयमा पनि छलफल भएको छ ।
जेठ १४ गते राति अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर व्यापारीक घरानालाई फाइदा पुग्ने गरी करका दर हेरफेर गरेको आरोप लागेको छ । छानबिन समिति गठन गरे लगत्तै अर्थमन्त्री शर्मादे राजिनामा दिएका थिए ।