Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • दुई महिलासहित तीन जनामाथि खुकुरी प्रहार, एकजना पक्राउ

    दुई महिलासहित तीन जनामाथि खुकुरी प्रहार, एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.9K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अम्रैयामा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् । मंगलबार पुनर्वास वडा नम्बर २ अम्रैया कै टेके सार्कीले खुकुरी प्रहार गरेका हुन् ।

    घाइते हुनेमा अम्रैयाका ४७ वर्षीय बिरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत रहेको प्रहरीले जनाएको छ ।



    घाइते तीनै जनाको टाउको र छातीमा गहिरो चोट लागेको छ । खुकुरी प्रहार गर्ने सार्कीलाई अम्रैयाको झोलुङ्गे पुलबाट खुकुरीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

    प्रहरीका अनुसार सार्कीले आफ्नै घाँटीमा समेत खुकुरी प्रहार गरेका छन् । उनको मानसिक अवस्था ठिक नभएको बुझिएको प्रहरी नायब निरीक्षक खड्काले बताए।

    घाइतेमध्ये २ जनाको स्थानीय बिएन पोलिक्लिनिक आइबीआरडीमा उपचार भइरहेको र मधु महतालाई रगत अभावका कारण धनगढी पठाइएको बताइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार