Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाँजासहित तीन भारतीय नागरिक पक्राउ

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्विन्टल ५० किलो प्रतिबद्ध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले एन एल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने क्याबिनमा लुकाइछिपाई राखेको अवस्थामा दुई क्विन्टल ५० किलो गाँजा बरामद गरिएको हो ।

सो क्रममा ट्रकमा सवार भारत बिहार मोतिहारी थाना सुगौली–१९ का साहेव आलम, बिहार, पूर्वी चम्पारण थाना रामगढवा–२ का गुलाब मियाँ र एक जना १७ वर्षका किशोरलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

गाँजा पक्राउ परेका तीनैलाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077