Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • नक्कली दस्तखत गरेर अर्काको खाताको पैसा निकाल्ने अर्याल प्रहरी फन्दामा

    नक्कली दस्तखत गरेर अर्काको खाताको पैसा निकाल्ने अर्याल प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं ६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने वर्ष २१ का वाशुदेव अर्याल रहेको प्रहरीले जनाएको छ ।



    प्रहरी बृत्त कालिमाटीको टोलीले कलंकीस्थित नेपाल एसबिआई बैंक बाट अर्याललाई पक्राउ गरेको हो । उनीमाथि ठगी तथा कीर्ते गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।



    अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट पटक पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको दाबी छ ।

    अर्यालले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार