Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

बैतडी । अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दोगडाकेदार–४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले २७ असार दिउँसो युवतीलाई फकाएर गोठमा लगी बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।

पीडित युवतीको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077