काठमाडौं । एमालेको स्वास्थ्य तथा जनसंख्या बिभागले सरकारलाई सिटामोलजस्ता अत्यावश्कीय औषधिमा कहिलेसम्म परनिर्भर रहनुपर्ने भनेर प्रश्न गरेको छ ।
शुक्रबार विभागले एक पत्रकार सम्मेलन मार्फतस्वास्थ्यमा गरेका २६ बुँदा उल्लेख गर्दै सरकारका पछिल्लो गतिविधिलाई भ्रष्टाचार उन्मुख भएको आरोप लगाएको छ ।
स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले सेनिटरी प्याडका सन्दर्भमा सरकारले लिएको नितिले स्वेदेशी उद्योगलाई धरासायी बनाउँदै राष्ट्रघात गरेको आरोप लगाएका छन् ।
त्यसैगरी, ट्रमा उपचारलाई थप विस्तार गरी ट्रमा सेवाको पहुँजलाई देशव्यापी बजाउन हरेक प्रदेशमा विशिष्टीकृत ट्रमा सेन्टर र सबै तहमा स्वास्थ्य संस्थामा ट्रमा उपचार सेवा पुर्याउने एमाले ल्याएकोे कार्यक्रम यस सरकारले रोकेको जनाएका छन् ।
सरकारले स्वास्थ्य बीमालाई निजी कम्पनीमार्फत सञ्चालन र व्यवस्थापन गर्ने नीति सारेको उल्लेख गर्दै सरकार स्वास्थ्य बीमालाई निजीकरण गर्न उद्धत भएको विज्ञप्तिमा जनाइएको छ ।
३९६ वटा आधारभूत अस्पतालको निमार्ण लागि अघिल्लो सरकारले गरेको बजेटको सुनिश्चिता यस सरकारले अधिकांस बजेट कटौती गरेकाले नागरिकको मौलिक हकको कार्यान्यवन कसरी हुन्छ भनेर प्रश्न गरेका छन् ।
Leave a Reply