Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

सोलुखुम्बु । घरायसी विवाद हुँदा सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट मुत्यु भएको छ।

सोलुखुम्बुमाको सोलु दुधकुण्ड नगरपालिका –५ का ५९ वर्षीय सुब्बा कामीको धरिलो हतियार प्रहारबाट मुत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार हत्या आरोपमा ५५ वर्षीया पत्नी बुधामाया कामीलाई नियन्त्रणमा लिएको छ ।

कामीको टाउको खुट्टा लगायतका ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077