Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युएईका राजकुमारले झापामा पर्यटन विकासको लागि १० अर्ब लगानी गर्ने

झापा । युएईका राजकुमारले झापाको जलथल जङ्गल, किच्कबध र कचनकवलको होचो भूभाग र हल्दिबारीको भेलागडी सिमसारमा पर्यटन विकासको लागि लगानी गर्ने भएका छन् ।

केही समय अगाडि दुबईका अधिराजकुमार जुमा अल मकतुमले झापा लगायत नेपालका विभिन्न ठाउँको अवलोकन भ्रमण गरी स्वदेश फर्किए लगतै युएई दूतावासको टोली आज झापा आइपुगेको छ ।

उक्त टोलीले झापा क्षेत्र नम्बर ३ को किच्कबध ,कचनकवल र जलथल जङ्गल साथै भेलागडी सिमसारको अनुगमन गर्ने कार्यतालिका नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

५ वर्षभित्रमा १० अर्ब लगानी गर्ने गरी काम गर्ने गरी काम अगाडि बढेको प्रसाई‌ले बताए । जलथल जङ्गललाई खुल्ला चिडियाखानाको रूपमा विकास गरी पर्यटन  हबको विकास गर्ने गरी काम गर्ने गरी गुरुयोजना तयार गर्ने काम सुरु भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077