Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढ्यो : कमल थापा

सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् ।

वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एवं बृहत् अन्तर्क्रिया कार्यक्रममा उनले आयातलाई प्रोत्साहन दिँदा मुलुकमा गरिबी बढ्दै गएको बताएका हुन् ।

अध्यक्ष थापाले ससाना दैनिक उपभोग्य वस्तुको स्वदेशमा उत्पादन हुन छाड्नु चिन्ताको विषय भएको टिप्पणी गरे ।

“४० लाखभन्दा बढी युवाले विदेशमा पसिना बगाएर कमाएको पैसाबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्र धानिएको छ,” उनले भने, “स्वदेशी उत्पादन र रोजगारीले कुनै प्राथमिकता पाउन सकेको छैन, आयातमै ठूलो धनराशि विदेशिने गरेको छ ।”

गरिबीका कारण नेपालमा सनातन हिन्दू धर्मप्रति आक्रमण बढ्दै गएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077