Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली रहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बिहान देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

राति पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077