काठमाडौं । ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न चारजना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए ।
खुकुरी प्रहारमा संलग्न जोसेन बानियाँ, बिपिन खत्री, प्रतिक खतिवडा र सञ्जिब भण्डारी (अनमोल) लाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घाइते सुरक्षा गार्ड काठमाडौँ मोडल अस्पतालमा उपचार गराएर डिस्चार्ज भएका छन् । करिब १० दिन अगाडि कलेजमा बास्केटवल खेल्दा भएको विवादको बिषयलाई लिएर कलेजमा दुई पक्षबीच झै-झगडा हुन लागेकोमा कलेजका सुरक्षा गार्डद्वारा छुट्याएका थिए ।
घटना बारे प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply