Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

काठमाडौं । सर्लाहीमा एक पुरुषको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७ का ४५ वर्षका अशोक विकको हत्या आरोपमा भान्जा ३१ वर्षका रवि विक पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुवै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए ।

गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077