Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्ने कमल थापाको भनाई

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्ने बताएका छन् ।

परम्परागत संसदीय व्यवस्थाले दुई तिहाइ बहुमत पाउँदा पनि दलहरूले स्थिर सरकार चलाउन नसकेकाले अब शासकीय स्वरुप र निर्वाचन प्रणाली दुवै फेर्नुपर्ने बताएका हुन् ।

राप्रपा नेपालले बिहीबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नहुँदा सांसद किनबेच, ५ वर्षे कार्यकाल प्रधानमन्त्री र सरकार नटिक्ने जस्ता विकृति दोहोरिइरहेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने तर्क गरे ।

अहिलेको मिश्रति निर्वाचन प्रणाली असाध्यै महँगो भएकाले यसबाट पनि भ्रष्टाचारलगायतका विकृति देखिएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उपयुक्त हुने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077