Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजको मौसम : पूर्वी भू–भागमा मनसुनी र अन्य क्षेत्रमा स्थानीय वायुको प्रभाव

काठमाडौं । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहँदा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको छ । केही दिनमा देशका सबै भागमा मनसुन सक्रिय हुनेछ । आज बिहान प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077