Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बस दुर्घटनामा परि बेपत्ता भएका शिशुको शव नदी किनारमा फेला

काठमाडौं । अछामको कमल बजार नगरपालिकाका १८ महिने शिशुको सेती नदी किनारमा शव फेला परेको छ ।

कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका–१ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा हुँदा ती बालक वेपत्ता भएका थिए । बस सेती नदी किनारमा खेसेको थियो ।

बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता बालक अछामको कमल बजार नगरपालिका–६ का १८ महिने शिशु सुजङ्ग शाहीको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिककै नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

बालकका परिवारलाई शव बुझाइएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । बस दुर्घटनामा परी मृतक बालकका आमाबुवा सहित १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077