Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापा भन्छन् - राजसंस्था पुनः स्थापना हुने सम्भावना समाप्त भइसक्यो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना हुन सक्ने सम्भावना नभएको बताएका छन् ।

विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले जनताको भावनालाई दृष्टिगत गर्दा राजसंस्था पुनः स्थापना हुने सम्भावना समाप्त भइसकेको बताए ।

राजसंस्थाको नाममा टाउकोमा कफन बाँधेर १५ वर्ष हिँडेको भन्दै राजसंस्थाबाट कुनै सकारात्मक कदम नभएको उनको भनाई छ ।

उनले भने, ‘राजसंस्था ब्युँताउने सम्भावना छैन । यो असम्भव एजेन्डा बोकेर जनतालाई भुलाउने कार्य गर्नु हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077