Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : मुम्बईसँग दिल्ली पराजित, बेङ्ग्लोर प्लेअफमा प्रवेश

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्ले अफमा पुगेको छ ।

दिल्ली ५ विकेटले पराजित भएपछि बेङ्ग्लोर १६ अङ्कका साथ अन्तिम चारमा रहेर प्ले अफमा पुगेको हो ।

जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । गुजरात, राजस्थान रोयल्स र लखनऊ यसअघि नै प्ले अफमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077