एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएको छ ।
मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले बेङ्ग्लोरलाई ५४ रनले हराएको हो ।
पञ्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनायो । बेङ्ग्लोरका हर्सल पटेलले ४ तथा वानिन्दु हसरङ्गाले २ विकेट लिए ।
जितसँगै १२ खेलमा १२ अङ्क जोडेको पञ्जाब छैटौँ स्थानमा उक्लिएको छ । बेङ्ग्लोर १३ खेलमा १४ अङ्ककासाथ चौथो स्थानमा छ ।
Leave a Reply