Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिल्ली पाँचौं स्थानमा, प्लेअफ सम्भावना जिवितै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्समाथि ८ विकेटको जित निकालेको दिल्ली क्यापिटल्स पाँचौ स्थानमा उक्लिएको छ। राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८।१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

दिल्लीको जितमा मिचेल मार्श र डेभिड वार्नरले अर्धसतकीय इनिङ्स खेले। ६२ बल खेलेका मार्शले ५ चौका र ७ छक्कासहित ८९ रन बनाउँदा डेभिड वार्नरले अविजित ५३ रन बनाए। कप्तान ऋषव पन्तले ४ बलमा अविजित १३ रन जोडे।

राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले समा १(१ विकेट लिए। त्यसअघि डिवाई पाटिल स्टेडियम मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो।

उसका लागि रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय खेल्दा देबदुत पडिकलले ४८ रन जोडे। आश्विनले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरे भने पडिकलले ६ चौका र २ छक्का प्रहार गरेका थिए। यशस्वी जैशवालले १९, रसाई भान डेर डुसेनले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जोश बटलर ७, कप्तान सञ्जु सामशन ६, रियान पराग ९ र ट्रेन्ड बोल्डले ३ रन जोडे। दिल्लीका मिचेल मार्श, एन्रिच नोर्किया र चेतन शाकरियाले समान २/२ विकेट लिए।

यो जितसँगै दिल्ली १२ खेलमा १२ अंकसहित पाँचौं स्थानमा उक्लिएको हो। पराजित राजस्थान १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा यथावत छ। यी दुबै टोलीको प्लेअफ सम्भावना जिवितै छ। शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स प्ले अफमा पुग्ने पहिलो टोली बनिसकेको छ। उसले १२ खेलबाट १८ अंक जोडेको छ। यस्तै दोस्रो स्थानमा रहेको अर्को नव प्रवेशी टोली लखनऊ सुपरजाइन्टको १६ अंक छ। चौथो स्थानमा रहेको बैंलोरको १४ अंक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077