Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : मुम्बई इन्डियन्सको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले दोस्रो जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको गुजरात टाइटन्सलाई मुम्बईले ५ रनले पराजित गरेको हो ।

शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।

जितसँगै मुम्बई १० खेलबाट ४ अंक जोडेर पुछारमा छ । गुजरात भने शीर्ष स्थानमा कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077