Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आईपीएल : गुजरातमाथी पञ्जावको सानदार जित, गुजरात ८ विकेटले पराजित

    आईपीएल : गुजरातमाथी पञ्जावको सानदार जित, गुजरात ८ विकेटले पराजित

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.7K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ।

    मुम्बईमा गएराति भएको खेलमा गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले पराजित गरेको हो ।
    गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो ।



    यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो ।



    जीतसँगै पन्जाबले १० खेलमा १० अंक जोडेको छ । पन्जाब छैटौं स्थानमा उक्लिएको छ ।

    गुजरातको यो दोस्रो हार हो । गुजरात १० खेलमा ८ जीतसहित १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार