Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : बेङ्ग्लोरलाई ६ विकेटले हराउँदै गुजरात विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ । मम्बईमा शनिबार भएको पहिलो खेलमा टाइटन्सले बेङ्ग्लोरलाई ६ विकेटले पराजित गरेको हो ।

बेङ्ग्लोरले दिएको एक सय ७१ रनको लक्ष्य गुजरातले चार विकेट गुमाएर तीन बल बाँकी छँदै भेट्टायो । उसका लागि राहुल तेवातियाले नटआउट ४३ र डेभिड मिलरले नटआउट ३९ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरका लागि विराट कोहलीले ५८ र रजत पातिदरले ५२ रन बनाए ।

जितसँगै गुजरात नौ खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा कायमै छ । १० खेलमा १० अङ्क जोडेको बेङ्ग्लोर पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077